ट्रेड टावरको आईपीओ बिक्री खुला

समयपोष्ट २०८२ जेठ १४ गते ११:१३


ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले आज (बुधबार)देखि आईपीओ बिक्री खुला गरेको हो।

Advertisement

कम्पनीले सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबर रहेको छ। यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले कूल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसको मूल्य ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबर रहेको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीका अनुसार आईपीओ निष्काशनमा आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ १९ गते सम्म रहनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री