मंगलबार, १३ जेठ २०८२

२०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

समयपोष्ट २०८२ जेठ १३ गते १०:१७

Advertisement

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आउँदो २०८४ सालको निर्वाचनमा देशभरिका सबै पालिका र निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् बेदाग, इमान्दार र काम गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवार बनाउने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेदवार बन्नेछन्।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री