यामाहा नेपालको “नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२” भव्य रूपमा सम्पन्न

यामाहा नेपालले देशभरिका प्राविधिकहरूको सीप र दक्षतालाई प्रोत्साहन गर्दै आयोजित “नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२” लाई भव्यता र सफलता साथ सम्पन्न गरेको छ। देशका विभिन्न स्थानमा सम्पन्न क्षेत्रीय चरणबाट छनोट भएका उत्कृष्ट प्राविधिकहरू काठमाडौंस्थित यामाहाको तालिम केन्द्रमा आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए।
प्रतियोगिता यामाहाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको थियो, जसमा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्या पहिचान चुनौती, लिखित परीक्षा र भाइभा जस्ता बहुपक्षीय चरणहरू पार गर्नुपरेको थियो। यसले उनीहरूको ज्ञान, दक्षता र सेवा प्रतिवद्धतालाई परख गर्ने महत्वपूर्ण अवसर प्रदान गर्यो।
विजेता सूची:
विजेता: सुकदेव कुमार माझी – बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोक
प्रथम उपविजेता: रोनित श्रेष्ठ – तिरुपति अटो प्यालेस, विराटनगर
दोस्रो उपविजेता (साझा विजेता):
सागर त्वाती – जेएस अटोमोबाइल्स प्रा. लि., सतुंगल
बिनोद चौधरी – जी.एस.एस. ट्रेडर्स, लम्की
यी विजेताहरूले यामाहाको सेवा उत्कृष्टताप्रति आफ्नो समर्पण र दक्षता प्रमाणित गरेका छन्। उनीहरूको योगदानले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा प्राविधिकहरूको महत्वपूर्ण भूमिकालाई पुनः उजागर गरेको छ।
कार्यक्रमका अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालले भने,”यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ।”
उनले यामाहाले आफ्नो जनशक्तिमा निरन्तर लगानी गर्दै आएको र प्राविधिकहरूलाई आवश्यक तालिम, उपकरण तथा अवसर प्रदान गर्दै अगाडि बढिरहेको उल्लेख गरे।
यस्तो खालको प्रतियोगिता न केवल प्रतिस्पर्धा हो, यो निरन्तर सिकाइ, विकास र प्रविधिमैत्री सेवा प्रणालीतर्फको यात्राको उत्सव पनि हो। यामाहा नेपालले दक्ष जनशक्ति विकास गर्दै देशभर उच्चस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्यमा आफू अडिग रहेको प्रतिबद्धता दोहोर्याएको छ।




























प्रतिक्रिया