मंगलबार, १३ जेठ २०८२

चार सचिवको सरुवा, कृषिमा तिम्सिना नियुक्त

समयपोष्ट २०८२ जेठ १३ गते ५:४०

Advertisement

सरकारको सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरूको सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा खटाइएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा पठाइएको छ।

मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याउने निर्णय गरेको छ।

साथै, राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सिनालाई नियुक्त गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री