सोमबार, १२ जेठ २०८२

बालिका बलात्कार आरोपमा दुई पक्राउ

समयपोष्ट २०८२ जेठ १२ गते २१:०७

Advertisement

दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ । प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री