सुनको मूल्यमा गिरावट
समयपोष्ट
२०८२ जेठ १२ गते ११:१९
सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया