आइतबार, ११ जेठ २०८२

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

समयपोष्ट २०८२ जेठ ११ गते ११:३३

Advertisement

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट यो रकम संकलन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्।

बोलकबोलबाट संकलन गरिने निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी १ असारमा हुनेछ।

यस प्रक्रियामार्फत संकलन गरिने निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि राष्ट्र बैंकले प्रदान गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री