पोखरा विमानस्थल भ्रष्ट्राचार प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई लेखाको निर्देशन
समयपोष्ट
२०८२ जेठ ७ गते १८:३२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सम्भावित भ्रष्टाचारसम्बन्धी उठेका प्रश्नहरूको छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकपछि सभापति ऋषिकेश पोखरेलले विमानस्थल निर्माणसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठेकाले अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिए।
यसअघि राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आशंका उठाउँदै प्रतिवेदन बुझाएको थियो।
‘समिति स्वयं छानबिन गर्ने निकाय नभएकाले विषयवस्तु गम्भीर भएको निष्कर्षमा पुग्दै अख्तियारलाई छानबिन गर्न निर्देशन दिएका हौँ,’ सभापति पोखरेलले बैठकपछि भने, ‘अब अख्तियारले सम्बन्धित निकाय र व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउने छ।’
प्रतिक्रिया