१२ खर्ब नाघ्यो व्यापार घाटा, आयात १३.११ प्रतिशतको वृद्धि
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा देशको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको भन्सार विभागले जनाएको छ।
चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। कुल वैदेशिक व्यापारमा ८७.१२ प्रतिशत आयात र १२.८८ प्रतिशत निर्यात रहेको विभागको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ लाख रुपैयाँ थियो।
विभागका अनुसार वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ थियो। यो अनुसार आयातमा १३.११ प्रतिशतको वृद्धि भएको छ।
यसै अवधिमा वस्तु निर्यात ७२.७१ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो।
प्रतिक्रिया