मंगलबार, ६ जेठ २०८२

प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

समयपोष्ट २०८२ जेठ ६ गते ११:३७


प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण आजको संसद बैठकमा उपस्थित नहुने भएका छन् ।

Advertisement

सत्तारूढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन गरिएको जानकारी दिएका छन् । संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम राखेको थियो ।

प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्यका कारण बैठकमा जान नसक्ने सूचना संसद सचिवालयलाई दिएको बर्तौलाले बताएका छन् ।

सांसदहरूसँग प्रत्येक महिनाको संसद बैठकमा हुने नियमित प्रश्नोत्तर कार्यक्रम अन्तर्गत आजको बैठकमा समेत कार्यसूची राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री