मेयर साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुँने


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज फ्रान्स जाँदै छन् ।

महानगर प्रमुख साह सोमबार राति व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल सहित फ्रान्सतर्फ प्रस्थान गर्न लागेका हुन् ।

Advertisement

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा महानगर प्रमुख साह त्यहाँ जान लागेका हुन् । प्रमुख साहले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री