शुक्रबार, २० असार २०८२

एनएलजी इन्स्योरेन्सको खुद नाफा ३.२५ % ले वृद्धि

समयपोष्ट २०८१ वैशाख ३० गते १३:४०

Advertisement

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा ३.२५ प्रतिशतले वृद्धि भएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १३ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ग

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भ सिर्षकमा १ अर्ब ३१ करोड २० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.४९ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement

त्यस्तै कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १.४० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २११.४१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री