१७ प्रतिशतले बढ्यो ओरिएण्टल इन्स्योरेन्सको नाफा
ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले ४६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १७ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिर्जभमा १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा १ करोड ८५ लाख रुपैयाँ रहेको छ । अन्य इक्वटीमा ६५ करोड २१ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ३१ लाख रुपेयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४० करोड ३९ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीले ८६ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९३ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।
यस अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १ दशमलव ५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया