शुक्रबार, १६ चैत २०८०

अनाथ असहाय बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग

समयपोष्ट २०७५ जेठ ९ गते १०:०१

हिमालयन बैंक लिमिटेडले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ ।

Advertisement

आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो ।

एक कार्यक्रमका बिचमा बैंकका महाप्रबन्धक सुशिल जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति उक्त खाटहरु बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री