शनिबार, १५ वैशाख २०८१

एन आई सी एशियाको ८ औँ शाखारहित बैंकिङ्ग सेवा सिरहामा पनि

समयपोष्ट २०७५ जेठ ८ गते ६:११

एन आई सी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा शाखारहित बैंकिङ्ग सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारबाट शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

Advertisement

उक्त बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरे ।

बैंकको उक्त बैंकिङ्ग सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले मुलुकभर २१६ शाखा कार्यालय, २०३ एटिएम, ७ एक्स्टेन्सन काउण्टर, ८ शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री