शनिबार, ८ वैशाख २०८१

शाखा बिस्तारमा एग्रेसिभ बन्दै मेगा,एक सातामै नौ शाखा विस्तार

समयपोष्ट २०७५ जेठ ७ गते ७:२६

मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । यससंगै धादिङमा मात्र बैंकको तीनवटा शाखा विस्तार भएको छ ।

Advertisement

बैंकको शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा बैंकले ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ ।

बैंकले एक हप्ताको अबधिमा नौ वटा शाखा विस्तार गरेको छ । मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री