बुधबार, ५ वैशाख २०८१

ज्योति विकास बैंकको बैदेशिक मुद्रा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७५ जेठ ७ गते ७:१९

ज्योति विकास बैंकले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मनि चेन्जर एसोसियसनको सहकार्यमा बैंकको ठमेल शाखाले शनिबार होटल मनाङ्गमा बैदेशिक मुद्रा बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गाना, नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र सहायक निर्देशक माधव पोखरेल, ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार,मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेत, मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

हाल ज्योति विकास बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै ऋ(ब्क्द्यब् तथा ब्द्यद्यक् सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले भर्खरै मात्र ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकको बैंकले ५० शाखा,१४ वटा एटिएम काउण्टर मार्फत ग्राहहरुलाई सेवा दिदैँ आएको छ । बैंकले नकट भविष्यमा ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री