बिहीबार, १३ वैशाख २०८१

कास्कीको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ जेठ १ गते ३:२९

एनआईसी एशिया बैंकको पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाकोे सोमबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट समुद्घाटन भएको छ ।

Advertisement

समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता समेत रहनु भएका नारायण प्रसाद पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सब्यपुर्वक सहभागी भई ३३ वटा त्यस्ता स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे ।

उक्त समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईले बैंकलाई शुभकामना प्रदान गरेका थिए ।

मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । यस सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री