सोमबार, १५ मंसिर २०७७

‘महालम्पसारवादी ओलीलाई घुँडामा भ्वाङ परेको छ भन्न पाउने कि नपाउने ?’

समयपोष्ट २०७५ जेठ १ गते १:१६

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् ।

Advertisement

आजको नागरिक दैनिकमा यो खबर छ, विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणबाट फर्केपछि तत्कालिन प्रमुख विपक्षी दलका नेता रहेका ओलीले लम्पसार पर्दा कांग्रेसको घुँडामा घाउ भएको बताएका थिए ।

यसैगरी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा भारत जाँदा सिंगडा बेचन गएको भन्ने टिप्पणी गरेका थिए ।

Advertisement

यी दुई प्रसंग सम्झाउँदै थापाले प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा प्रश्न गरे, हिजो अईतबार भारतको जिम्मा लिएर यो रोष्ट्रमा उभिएर बोल्ने प्रधानमन्त्रीलाई मैले घुँडामा भ्वाङ परेको छ भन्न पाउने कि नपाउने ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री