शुक्रबार, ७ वैशाख २०८१

किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

समयपोष्ट २०७५ वैशाख ३० गते ६:०२

किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Advertisement

विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङका अनुसार अन्य पदाधिकारी र सदस्य सर्वसहमत चयन भएका छन् ।

भक्तपुरको बोडेमा आज बिहान सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रीता राराहाङ राई चयन हुनुभएको छ । समितिको महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन हुनुभएको छ । २१ सदस्यीय समितिको सदस्यमा रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अमृत थुलुङ, लीला राई र सरिता राई चयन हुनुभएको छ । निर्वाचित संघको पहिलो बैठकले दुई सदस्य थपेर २३ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री