शनिबार, ८ वैशाख २०८१

सीपी गजुरेलसहित माओवादीका ५४ जना नेता–कार्यकर्ता गिरफ्तार

समयपोष्ट २०७५ वैशाख २९ गते १४:१३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रमअनुसार जुलुशप्रदर्शनको क्रममाप्रहरीले हस्तक्षेप गरी देशैभर नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

Advertisement

प्राप्तजानकारी अनुसार विरोध जुलुस तथाप्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्यतथा देशभक्त जनगणतान्त्रिक मोर्चाकाअध्यक्ष सपी गजुरेल, पी.वि.एम.द्वयकमलचौधरी तथापवनमानश्रेष्ठ, सिसिएम सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विक, शोभाविश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रान्यौपाने, अर्जुनलालश्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण विसी, मंगलतामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रहरि नेपाल, दीलबहादुर तामाङ, सुरेश तामाङ, फडिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरिएको छ ।

यसैक्रममा हिजो काठमाडौंको असनमाअवस्थित नेकपा (क्रान्तिकारी) को जिल्लाकार्यालयबाट पार्टीका केन्द्रिय समिति सदस्यद्वयअमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्यगोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवतथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल सहित ९ जना नेताकार्यकर्ताहरुलाई पनि गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ ।

त्यसैगरी बुटवलमा आज विरोध प्रदर्शनको क्रममा पार्टी पिविएमतथा देजमो ५ नं. प्रदेश संयोजक केवी गुरुङ, प्रेम रिमाल र समाचार संकलनको लागिगएकापत्रकार रवि पाण्डेलाई गिरफ्तार गरेको छ । पत्रकार भएको परिचय देखाउँदा देखाउँदै पनि लछार पछार पारेर गिरफ्तार गरेको पत्रकार पाण्डेले बताए ।

उता नेपालगञ्जमापनिविरोध जुलुस र प्रदर्शनको क्रममाबाँकेका पार्टी सेक्रेटरी अर्जुन, भूकम्प, विराट, विशालशाही र कैलालीमा देजमोका७ नं. प्रदेश संयोजक रामबहादुर केसी, टंक कोइराला र केशव साउदललाई पनिविरोध प्रदर्शनको क्रममागिरफ्तार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री