बुधबार, १२ वैशाख २०८१

मोदीसंग ओलीले गंभिर राष्ट्रघात गरेको भन्दै बिप्लव माओवादीले गर्यो नेपाल बन्दको घोषणा

समयपोष्ट २०७५ वैशाख २९ गते ९:२३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा सरकारले राष्ट्रघातको आरोप लगाउँदै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा भएको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास, मोदीको सिधै जनकपूर आगमन, भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर नेपाल आउनु लगायतका घटनाले नेपाली राष्ट्रियतामाथि गम्भिर आघात पुगेको भन्दै नेकपाले आईतबार नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज विज्ञप्ती जारी गर्दै मोदीको भ्रमणका क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध स्वरुप नेपाल बन्दको आह्वान गरेको बताएका छन्।

मोदीको भ्रमणका क्रममा केपी ओली सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले नेपाल बन्दको घोषणा गरेका छौं, महासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारकारबीचमा भएको सन्धी, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको भत्र्साना समेत गरेका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएकै दिन नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामा व्यापक पर्चा वितरण गरेको छ ।

राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न स्थानमा पर्चा वितरण गरिएको नेकपा स्रोतले जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमा समेत पर्चा वितरण गरिएको छ ।

जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप भएको कुरामा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री