बिहीबार, ६ वैशाख २०८१

ओलीले प्रचण्डलाई सेरोमोनियल बनाउन खोजे : गुरुङ

समयपोष्ट २०७५ वैशाख २८ गते १०:५५

माओवादी केन्द्रका नेता देबप्रसाद गुरुङले एमाले-माओवादी एकतामा शंका देखिएको बताएका छन् । शुक्रबार रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी महत्वपूर्ण निणर्यहरु गरिनुले विश्वासको वातावरणमै शंका उत्पन्न भएको बताए ।

Advertisement

उनले पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएपनि पछिल्लो समय एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताए ।

प्रधानमन्त्री ओलीको ब्यबहारले प्रचण्डलाई सेरोमोनियल बनाउन खोजेको जस्तो देखिएको नेता गुरुङको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री