शनिबार, ३ साउन २०८२

नेहाले गरिन् गुपचुप विवाह

समयपोष्ट २०७५ वैशाख २८ गते ८:०६

बलिउड अभिनेत्री ३७ वर्षिया नेहा धुपियाले दुई वर्ष कान्छा अंगद वेदीसँग विवाह गरेकी छिन् । बिहीबार अचानक ट्वीटरबाट विवाहको खबर सार्वजनिक गरेकी नेहाले ‘वेस्ट फ्रेण्ड’लाई जीवनसाथी बनाउने निर्णय आफ्नो जीन्दगीको सबैभन्दा राम्रो फैसला भएको बताएकी छन्।

उनले पञ्जाबी शिख परम्परा अनुसार विवाह गरेकी हुन्। मोडलिङ हुँदै अभिनयमा आएका अंगदले ‘फाल्तु’बाट बलिउडमा डेब्यू गरेका थिए। उनले ‘उंगली’, ‘पिंक’, ‘टाइगर जिन्दा है’ आदि फिल्ममा पनि अभिनय गरेका छन् ।

नेहाले हालसम्म कयामत तक(2003), गरम मसाला(2005), क्या कूल हैं हमे(2005), चुप चुपके(2006), शूटआउट एड लोखंडवाला(2007), दे दना दम(2009), हिन्दी मीडियम(2017), तुम्हारी सुलू(2017), करीब-करीब सिंगल(2017)जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री