बुधबार, १२ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको स्वास्थ्य शिविर र पुस्तक वितरण कार्यक्रम

समयपोष्ट २०७५ वैशाख २७ गते १२:५७

महालक्ष्मी विकास बैंकले बिहीबार न्युरोडको हिमालयन माध्यमिक विद्यालयमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ। बैंकले बिद्यालयकालागि पुस्तक वितरण समेत गरेको जनाएको छ।

Advertisement

बैंकको आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोगमा जागरुकता समाज नेपालले एकदिने दन्त शिविर तथा मुखको स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

बैंकले यसै कार्यक्रममा हिमालयन माध्यमिक विद्यालयका ८ जना विद्यार्थीहरुलार्इ पाठ्य पुस्तक वितरण गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री