‘मन बिनाको धन ठुलो की धन बिनाको मन’, (हेर्नुहोस् म्युजिक भिडियो)
समयपोष्ट
२०७५ वैशाख २७ गते ११:०३
लगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक भएको छ।
काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।
गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए। गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।
प्रतिक्रिया