विवाहमा आनन्दले सेरवानीको साथमा स्पोर्टस् सुज लगाएपछि भयो यस्तो
सोनम कपुर र आनन्द आहुजाको विवाहको चर्चा बलिउडमा हट टपिक्स बनेको छ । विवाह हिजो सकिए पनि भारतीय मिडिया यि दुईको खबरले रंगिएकै छन् । को आए कसले के लगाए भन्ने बिषय मिडियामा निकै चर्चित बनेको छ ।
यतिबेला बेहुला आनन्दले लगाएको जुत्ताको चर्चाले सामाजिक सञ्जाल तताएको छ । बिहेपछिको रिसेप्सनमा उनले कालो रंगको सेरवानीको साथमा स्पोर्टस् सुज लगाएका थिए । सामान्यतया यस्तो फङ्सनमा र्फमल सुज लगाउनुपर्ने हो ।कतिपयले यसलाई आनन्दको व्यक्तिगत छनोटको कुरा भएको भन्दै वेवास्ता गरिरहेका छन् त कतिले चाहिँ औपचारिकता निर्वाह गर्न नसकेको भनेर आलोचना गरेका छन् ।
प्यारोडी अकाउन्ट ‘टाइम्स हाउ’ मा लेखिएको छ, ‘सालीहरुले जुत्ता चोरेपछि आनन्दले खुशी र जान्हवीलाई पाँच सय रुपैयाँ दिन इन्कार गरेर उनले जुत्ता पाएनन् । त्यसैले रिसेप्सनमा आनन्दले स्पोर्टस् सुज लगाउनु पर्यो ।’
भुषणले लेखेका छन्, ‘आनन्द आहुजा स्पोर्टस् सुज लगाएरस रिसेप्सनमा समावेश भए । के उनी भाग्ने दाउमा थिए ?’
मदन चिकना टि्वटर ह्यान्डलमा लेखियो, ‘सोनम कपुरको ड्रेसिङ र मेकअप एकतिर र आनन्द आहुजाको स्पोर्टस् सुज अर्कोतिर ।’
प्रतिक्रिया