सोमबार, १२ साउन २०८२

सोनमले आनन्दलाई १६ वर्ष अघिदेखि सम्हालेर राखेको विशेष उपहार दिने

समयपोष्ट २०७५ वैशाख २६ गते ७:४१

सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । उनलाई बलिउडमा फेसन डिभाको रुपमा लिइन्छ त्यसैले उनको विवाहको आउटफिटमा मानिसहरुको विशेष रुची रह्यो । विवाहमा के लगाउने भन्ने बारे सोनमले निकै समयअघि प्लानिङ गरिरहेको पनि बताइएको छ । विवाहको आउटफिटमा मात्र नभई सोनमले आफ्ना श्रीमानलाई दिने उपहारबारे पनि निकै वर्ष अघिदेखि प्लान गरिरहेकी थिइन् ।

वास्तवमा, १६ वर्ष अघिदेखि । उनले यसबारे एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् ।एक कार्यक्रमका बेला ३२ वर्षीया सोनमले आफू १६ वर्षको हुँदा एउटा कविता लेखेको जसलाई आफूले अहिलेसम्म पनि सम्हालेर राखेको जानकारी दिइन् ।

उनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘हुन त मैले थुप्रै कविता लेखेकी छु तर एउटा यस्तो कविता छ जसलाई मैले १६ वर्ष हुँदा लेखेकी थिएँ ।’‘त्यतिबेला मैले आफैंलाई बचन दिएकी थिएँ कि जब म विवाह गर्नेछु त्यो दिन मेरो जीवनसाथीलाई यो कविता दिनेछु । म उनलाई भन्ने छु कि मलाई यस्तो जीवन चाहिन्छ र आशा छ कि हामी दुबै यसलाई मूर्त रुप दिनका लागि काम गर्नेछौं ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री