साँफे—मार्तडी राजमार्ग पहिरोले बन्द

साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।

सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभएको छ । जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी उपरीक्षक वलीले बताउनुभयो ।

Advertisement

सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन द्वारीमा रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी प्रमुख वलीको भनाइ रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री