सोनम कपूरले संगीत पार्टीमा लगाएको लेहेंगा २ वर्ष अघिको अर्डर (फोटोफिचर)
सोनम कपुरको संगीत पार्टी सोमबार बेलुका आयोजना भयो । उक्त कार्यक्रममा सोनमले अफ ह्वाइट कलरको लेहेंगा कुन्दन ज्वेलरीसँग लगाएकी थिइन् ।
सोनमको उक्त लेहेंगा फेशन डिजाइनर संदीप खोसला र अबू जानीले तयार गरेका थिए । यी दुइले सोनमका तस्बिर इन्स्टाग्रामा पोष्ट गरेर उक्त लेहेंगा बन्न १८ महिनाको समय लागेको बताए ।
उक्त लेहेंगामा चिकनकारीका साथै मिरर वर्क गरिएको छ । सोनम आफ्नो फेभरेट भएकाले उनको जीवनको विशेष दिनमा विशेष लेहेंगा तयार गरेको डिजाइनर द्वयको भनाई छ ।
उक्त लेहेंगाको अर्डर सोनमले दुई वर्ष अघि नै दिएको बताए । सोनमको संगीत र मेहेन्दीको कार्यक्रममा मुम्बईको सनटेक बीकेसीमा भएको थियो । मे ८ अर्थात् आज सोनम र आनन्द विवाह बन्धनमा बाँधिनेछन् ।
विवाह सोनमको आन्टी कविता सिंहको बंगलामा बिहान ११ देखि १२ः३० बजेसम्म हुने बताइएको छ । बेलुका आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरिँदैछ ।
प्रतिक्रिया