विवाहमा सोनमलाई करणले दिने भए यि तीन उपहार
समयपोष्ट
२०७५ वैशाख २४ गते ९:३८
बलिउड नायिका सोनम कपूरको विवाहको चर्चाले निकै तातेको छ । उनले मे ८ तारिखमा ब्यवसायी आनन्द आहुजासंग लगनगाँठो कस्दै छिन् ।
निर्माता तथा निर्देशक करण जोहर सोनम कपुरलाई सुन्दर उपहार दिने तयारीमा छन् । उनले सामाजिक सञ्जाल मार्फत विवाहका लागि नृत्य अभ्यास गरिरहेको भिडियो पनि सेयर गरिसकेका छन् । समाचारका अनुसार करण जोहरले सोनमलाई सुन्दर उपहार दिने तयारीमा छन् ।
करणले सोनमलाई साडी,गहना तथा मिठाई उपहार दिने भएका छन् । उनले कान्जिवराम साडी, आमरपाली झुम्का, चाँदीको कंगन,इयररिङसहरु गिफ्ट गर्दैछन् ।
त्यसका साथै उनले मोतिचुरको लड्डुहरु पनि उपहारमा दिन लागेका हन् ।
प्रतिक्रिया