शनिबार, ३१ जेठ २०८२

लिखित प्रतिबद्धता जनाएपछि छुटे पक्राउ परेका यातायात व्यवसायीहरु, यस्तो छ प्रतिबद्धता पत्र

समयपोष्ट २०७५ वैशाख २३ गते १३:०९

लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरु रिहा भएका छन् ।

Advertisement

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । हड्ताल गरेको आरोपमा गृहमन्त्रालयको निर्देशनमा देशभरबाट यातायात व्यवसायीहरु पक्राउ परेका थिए ।

आइतबार महानगरीय प्रहरी परिसार काठमाडौँमा यातायात व्यवसायीहरुले सरकारले चालेको सिन्डिकेट तोड्ने लिखित प्रतिबद्धता जनाएपछि ६ जनालाई रिहा गरिएको प्रवक्ता मोहन थापाले जानकारी दिए ।

रिहा हुनेमा यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य, केन्द्रीय उपाध्यक्ष, विजय बहादुर स्वार, केन्द्रीय महासचिव पुण्य प्रसाद सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र धर्मराज रिमाल रहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री