हेटौडा पुगेर गृहमन्त्री बादले औल्याए बाम एकताको आवश्यकता

गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

यहाँ आयोजित पत्रकार भेटघाटमा देशमा बढ्दै गएको अराजक गतिविधि, हिंसा एवं तस्करी नियन्त्रण गर्न कानुनी कारबाहीलाई प्रभाबकारी बाउनेमा जोड दिंदै उहाँले राजनीतिक स्थायित्व तथा दिगो शान्ति कायम गरी विकासका पूर्वाधारलाई जनता बीच पु¥याउन र शान्ति तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्नका लागि प्रचलित ऐन कानूनमा सुधार गर्नुपर्ने भएकाले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आवश्यक परेको बताउनुभयो ।

Advertisement

एक प्रश्नको उत्तरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भन्दै गृहमन्त्री थापाले उहाँको भ्रमणले नेपाल–भारत बीचको सम्बन्धमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो

राष्ट्रमा दिगो शान्ति, राजनीतिक स्थायित्व र जनतालाई आर्थिक समृद्धितर्फ क्रियाशील गराउन गत निर्वाचनमा जनताले वाम गठबन्धनलाई अत्यधिक बहुमत दिएकाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको आवश्यकता परेको उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच आज गृहमन्त्री थापाले गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं ३ प्रदेशस्तरीय सुरक्षा गोष्ठीे शुभारम्भ गर्नुभयो । गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत पर्ने १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको छ ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले मुलुकको सातै प्रदेशमा सुरक्षासम्बन्धी सम्मेलनबाट प्राप्त सुझावलाई मन्त्रालयले शान्ति सुरक्षाका लागि अपनाउनु पर्ने रणनीति तयार पार्नुका साथै भ्रष्टाचार, तस्करी एवं हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन र सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त पार्ने र विद्यमान ऐन कानूनमा सुधार गरिने बताउनुभयो । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री