सोमबार, १२ साउन २०८२

नायिका प्रियंका चोपडा गुपचुप विवाह ! यस्तो आयो प्रतिक्रिया

समयपोष्ट २०७५ वैशाख १८ गते ६:४२

नायिका प्रियंका चोपडा हालै भारतको असम पुगेर हातमा कालो मोतीको माला बाँधेको तस्बिर सार्वजनिक गरिन् ।

धेरैले उनले असम पुगेर गुपचुप विवाह गरेको र आधुनिक बन्न हातमा मंगलसुत्र बाँधेको अनुमान गरे । तर प्रियंकाले यसको प्रतिक्रिया दिँदै अनुमान गर्नेहरूलाई यथार्थमा पु-याएकी छन् ।

प्रियंकाले भनेकी छन्, ‘हातमा बाँधिएको कालो मोतीको माला खराब नजरबाट बच्च लगाइएको लकेट हो, सुहागको निशानी होइन ।’ उनी हालै असम पुगेर ‘बिहु’ लोकनृत्यमा रमाएकी थिइन् ।

त्यहाँ उनले बालबालिकासँग समय बिताएकी थिइन् । हातमा बाँधिएको लकेटका बारेमा ‘गुपचुप विवाह’को अनुमानको खबर उनीसम्म पुगेपछि उनले तुरुन्त इन्टाग्राममार्फत प्रतिक्रिया दिएकी हुन् । उनले यसलाई अनुमानको चरम सीमा भनेर उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री