४३ वर्षीया सिल्पाको बिकनी हट अवतार
समयपोष्ट
२०७५ वैशाख १८ गते ६:३३
सुन्दरता र फिटनेसको मामलामा ४३ वर्षीया शिल्पा सेठ्ठीलाई अहिलेका हिरोइनले समेत टक्कर दिन सक्दैनन् । उनले यो उमेरमा पनि आफ्नो सुन्दरता ‘बरकरार’ राखेकी छिन् ।
फिल्म अभिनयबाट धेरै वर्षदेखि टाढिए पनि उनी टिभी सो तथा विभिन्न इभेन्ट्समा भने देखापरिरहेकी छिन् । उनै सुन्दरी हालै माल्दिभ्सको समुद्र किनारमा बिकनीमा देखापरिन् ।
छुट्टी मनाउन परिवारका साथ माल्दिभ्स पुगेकी शिल्पाले समुद्र किनारमा बिकनीमा खिचाएका केही तस्बिर इन्स्टाग्राममा पोस्ट गरिन् ।
अहिले उनका ती हट फोटाले चर्चा पाइरहेको छ । व्यापारी राज कुन्द्रासँग २००९ मा बिहे गरेकी शिल्पा एक छोराकी आमा हुन् ।
प्रतिक्रिया