शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाइफद्वारा ६४ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी

समयपोष्ट २०८० जेठ १४ गते १९:४२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेको छ ।

टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो जीवनकालमा साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,००० र बोनस बापत रु.१४,२५,००० गरी जम्मा रु.६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री