बुधबार, २६ वैशाख २०८१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले लिए सपथ

समयपोष्ट २०८० वैशाख २७ गते १८:५३

Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोलमा अध्यक्ष ढकालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे ।

बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री