सिटिजन्स बैंकका कार्डवाहकले अन्नपूर्ण केवल कारमा छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा स्थित अन्नपुर्ण केवल कारबीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन् ।
साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्ने ग्राहकहरुका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न, प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेब साइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आइरेको जनाएको छ ।
प्रतिक्रिया