बिहीबार, २६ असार २०८२

अर्थसचिव पोखरेल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

समयपोष्ट २०८० वैशाख २५ गते १७:११

Advertisement

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव अर्जुन पोखरेल नियुक्त भएका छन् ।

तत्कालीन अर्थसचिव तोयम रायलाई सरुवा गरेर पोखरेललाई अर्थमन्त्रालयले केहीदिन अघि अर्थसचिवको रुपमा भित्र्याएको थियो ।

अर्थसचिव नै केन्द्रीय बैंकको सञ्चालक हुने व्यवस्था छ । सोही बमोजिम आज पोखरेलले कायममुकायम प्रधानन्यायधिस हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री