एभरेष्ट बैंक भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट
एभरेष्ट बैंकको भैरहवा शाखाले आफ्नै नव निर्मित भवनबाट सेवा प्रदान गर्न थालेको छ। यस अघि बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका नारायणपथ, वडा नं. ७ स्थित शाखाबाट सेवा प्रदान गर्दै आएकोमा अब सोहि नगरपालिकाको वडा नं. १२, प्रहरी टोलमा स्थानान्तरण भई नयाँ स्थानबाट कारोबार थालेको हो।
बैंकले साविकको स्थानबाट करिब ४५० मिटर दक्षिण तर्फ आफ्नै नवनिर्मित भवन मार्फत सेवा प्रदान गर्न थालेको हो । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।
सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो अवसरमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंक संग आबद्द ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको छ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंकले १२४ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६० एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया