मंगलबार, ६ चैत २०८०

हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड ६४ लाख

समयपोष्ट २०७९ जेठ १५ गते ११:१७

Advertisement

हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो त्रैमासको अन्त्यमा इन्स्योरेन्सको खुद नाफा १२ करोड ४७ लाख रुपैयाँ थियो।

यस अवधिमा इन्स्योरेन्सले ४७ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। चैत अन्त्यसम्म इन्स्योरेन्सले कुल ५२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यमा खुद बीमाशुल्क आर्जन २९ करोड ९९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा हिमालयन रि-इन्स्योरेन्सले दाबीबापत खुद एक करोड ४६ लाख रुपैयाँ भुक्तानी दिएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म ७ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन भने बाँकी देखिन्छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। पुँजी वृद्धिका लागि प्राथमिक सेयर निष्कासन गर्ने योजनामा छ। इन्स्योरेन्सले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने आइपीओ निष्कासन गर्नेछ।

यस्तै, कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ र बीमा कोषमा ४८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा इन्स्योरेन्सको महाविपत्ति कोषको आकार भने ४ लाख ६० हजार रुपैयाँ मात्र देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री