मंगलबार, ६ चैत २०८०

टोखाको ग्रिनल्याण्डमा नेपाल बैंकको नयाँ शाखा

समयपोष्ट २०७९ जेठ ११ गते १३:१४

Advertisement

नेपाल बैंक लिमिटेडले टोखाको ग्रिनल्याण्डमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आजदेखी सञ्चालनमा आएको ग्रिनल्याण्ड शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले संयुक्त रुपमा समुद्घाटन गरे । ग्रिनल्याण्ड शाखा सञ्चालनमा आएसंगै नेपाल बैंकको शाखा संख्या २१४ पुगेको छ ।

सो अवसरमा आफ्नो मन्तब्य व्यक्त गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई बित्तिय कारोवार गर्न अझ सहज बनाउने बताए । उनले नेपाल बैंक पुरानो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई ढुक्ससंग कारोवार गर्न आग्रह गरे ।

नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गरे । उनले आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताए । कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङलगायतको उपस्थिति रहेको थियो ।

नेपाल अधिराज्यभर २१४ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री