मंगलबार, ४ वैशाख २०८१

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

पत्रपत्रिका २०७९ जेठ ११ गते ६:२४

Advertisement

प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाए पनि मतदाताले भने अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । श्रीमती सिर्जना सिंहलाई उनले पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि काठमाडौं महानगरका मतदाताले अस्वीकार गरेका छन् ।

काठमाडौं महानगरको मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ५० हजार ३० मत ल्याउँदै गर्दा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेत्री सिर्जना श्रेष्ठ ३० हजार ७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । एमालेका नेता एवं काठमाडौंका पूर्वमेयरसमेत रहेका मेयरका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी थिइन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री