शुक्रबार, ७ वैशाख २०८१

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा माग बमोजिम आवेदन

समयपोष्ट २०७९ जेठ १० गते १८:४३

Advertisement

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा माग बमोजिम आवेदन प्राप्त भएको छ ।

बैंकले १० वर्षे अवधिकाे वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेञ्चर २०८८” नामकाे ऋणपत्र निश्कासन तथा बिक्री गरेकाे थियाे ।

मंगलबार बिहान ९ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्सालमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा ऋणपत्रकाे बाँडफाँट भएको छ । कुल २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरकालागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँटफाँट भएकाे छ ।

बैंकको प्रति कित्ता एक हजार रूपैयाँको दरले २२ लाख कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात १३ लाख २० हजार कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) सर्वसाधारणमा निष्कासन गरेकाे थियाे । २०७९ वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुल्ला गरिएको उक्त अवधिभित्र माग बमोजिम नै आवेदन प्राप्त हुन आएको हाे ।

सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भइ आएको १० हजार कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरीएकाे थियाे । जसमा बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणकालागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्फत आवेदन दिएका थिए । यसैगरी, २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरकोलागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २,२६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री