शनिबार, १५ वैशाख २०८१

भरतपुरको मतगणना पुनः सुरु

समयपोष्ट २०७९ जेठ ९ गते १७:२०

Advertisement

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।

वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केहीबेर मतगणना रोकिएको थियो ।

एमाले प्रतिनिधि मतगणनास्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केहीबेर स्थगित भएको थियो ।

दलका प्रतिनिधिसँगको छलफलपछि वडा नम्बर २७ को मतगणना सुरु भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री