सुन्दरी प्रतियोगिता आयोजकमाथि बलात्कार आरोप लगाउँने युवतीको घरमा ‘काउन्सिलिङ टिम’ सहित पुग्यो प्रहरी

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको छ ।

Advertisement

काठमाडौंको पेप्सिकोलास्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् ।

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छन् ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाग–१ देखी भाग–२० सम्मको भिडियोमार्फत् उनले आफूमाथि हिंसा भएको भन्दै कारवाहीको माग गरेकी छन् ।

८ वर्षअघि भएको घटनाको मुद्दा दर्ता गर्ने हदम्याद सकिएपनि चौतर्फी दबाब आइरहेको अवस्थामा के मुद्दामा अनुसन्धान अगाडि बढाउने भन्नेमै प्रहरी अन्योलमा छ ।

Advertisement

शुक्रबार मात्र महिला अधिकारीवादी संघ संस्थाहरूले बालुवाटारअघि प्रदर्शन गरेका थिए । संसदले पनि सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री