![]()
बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नं. ४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए । नाउ आफ्ना समर्थक सहित विजय जुलुसमा सहभागी भइरहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो ।
त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।









प्रतिक्रिया