नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्ने षडयन्त्र हुँदैछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँनुभएको छ ।

Advertisement

धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यही गठबन्धनमार्फत् मुलुकमा स्थायीत्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्न षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाउनुभयो ।

Advertisement

सभामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गर्नुभएका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री