
नेकपा एमालेका पूर्व महासचिव तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नातिनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् ।
आइतबार हेटौँडामा आयोजित एक कार्यक्रममा अधिकारीकी नातिनी स्वेता खड्का राप्रपामा प्रवेश गरेकी हुन् ।
उनलाई पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले खादा र टिका लगाएर पार्टीमा स्वागत गरे ।
राप्रपाले आज मकवानपुरमा चुनावी सभाको आयोजना गरेको थियो । सभालाई पार्टी अध्यक्ष लिङ्देनले सम्बोधन गरेका थिए ।









प्रतिक्रिया