
काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार राति पौने १२ बजे ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा वीर अस्पतालमा आज बिहान मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बेला स्कुटर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।









प्रतिक्रिया